देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

Avatar photo
Dhadingpost
भदौ १०, २०७३

धादिङ  भदौ १०

_ac26a2ac-e4df-11e5-93e5-5c9d844984a6

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्।सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर गएका सभापति देउवा यही भदौ १६ गते फर्किनेछन्। काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनी आज गएका हुन्। रासस