धादिङ भदौ १०
भक्तपुर गट्ठाघर चोक नजिकै बस बिसौनीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धादिङकी औसीर तामाङको ज्यान गएको छ ।
ना ५ ख ७८१३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७१ प २३७ नम्बरको स्कुटरमा सवार तामाङ हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं। ८ बस्दै आएका थिए ।
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि उछिट्टिएर रोकिराखेको अगाडिको बसमा ठोक्किई गम्भीर घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको खनालले बताउनुभयो । स्कुटर चालक धादिङकै राम बहादुर तामाङ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनापछि ट्रक चालक काभे्रे घर भएका आनन्द खड्कालाई प्रहरीले काठमाडांै कोटेश्वरबाट नियन्त्रणमा लिएको छ ।