कतारका अवैध कामदारलाई आममाफी,विना सजाय घर फर्कन पाउने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

भदौ ९

Doha-Qatar-648x430

कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । आउँदो सेप्टेम्बर १ देखि सुरु हुने आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ ।

यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार स्वदेश फर्किन पाउने छन् । कतारको गृह मन्त्रालयले एक सूचना जारी गरेर अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेशकफािएन सहज वातावरण तयार गरिएको बताएको छ ।

कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् । सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् । कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो ।