कांग्रेसले मन्त्री टुंग्यायो, १५ मन्त्रालय कांग्रेसको भागमा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

धादिङ भदौ ९

kangress

झण्डै तीन साता लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएका छ। यो सँगै प्रचण्ड सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्।

यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागवण्डा मिलाएर मन्त्रालय थपएको छ।

जसमध्ये देउवाको भागमा ८, रामचन्द्र पौडेलको भागमा ५ र सिटौला समूहको भागमा एउटा र खुमबहादुरको भागमा मन्त्रालय परेको छ ।

कांग्रेस नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने र भोलि -शुक्रबार) मन्त्रिपरिषद विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ।

कुन मन्त्रीलाई कुन मन्त्रालय

  • अर्जुननरसिंह केसी- सहरी विकास
  • प्रकाशशरण महत-परराष्ट्र
  • बालकृष्ण खाँड- रक्षा
  • सूर्यमान गुरूङ-श्रम तथा रोजगार
  • केशवकुमार बुढाथोकी- सामान्य प्रशासन
  • रोमि चौचन थकाली- बाणिज्य
  • सीतादेवि यादव- शान्ति तथा पुनर्थापना
  • जीवनबहादुर साही- पर्यटन
  • दीपक गिरी-सिँचाइँ
  •  नविन्द्रराज जोशी- उद्योग
  • शंकर भण्डारी- बन
  • गगन थापा- स्वास्थ्य
  • हृदयराम थानी- सहकारी तथा गरिवी निवारण