काठमाडौं, भदौ ९ ।
विहीबार स्थानीय बजारमा सुनको भाउमा कमी आयो ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले कमी आयो ।
यसदिन सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।विहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ८ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४२ डलर हाराहारीमा कारोबार भएको थियो ।