अमेरिकी विश्वविद्यालयमा आक्रमण, १३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

भदौ ९ –

_90903871_74dc6920-8425-46ae-a69a-f1a80a4791d0

अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालयमा बन्दुकधारीको आक्रमणमा १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा सात जना विद्यार्थी, तीन जना प्रहरी र तीन जना सुरक्षागार्ड छन् । प्रहरीको कारबाहीमा दुई जना आक्रमणकारी पनि मारिएका छन् । बुधबार बेलुकादेखि विश्वविद्यालयमा आक्रमण सुरु भएको थियो । १० घण्टाको प्रयासपछि आक्रमणकारीलाई परास्त गरेर विश्वविद्यालयका विद्यार्थी तथा कर्मचारीलाई मुक्त गराएको अफगानिस्तान प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । आक्रमणमा परि ३५ विद्यार्थी र ९ जना प्रहरी घाइते भएको काबुल प्रहरी प्रमुख अब्दुल रहमान रहिमीले बताउनुभएको बिबिसीले जनाएको छ ।