कूपोषणका कारण ५० हजार बालबालिका मृत्युको मुखमा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

धादिङ  भदौ ९ ।

1472092143nigeria

नाइजेरियामा करिब ५० हजार बालबालिका कूपोषणका कारण मृत्युको मुखमा पुगेका छन् ।

संयुक्त राष्ट्रसंघीय बाल कोष ‘यूनिसेफ’का अनुसार चाड तालनजिकको क्षेत्रमा रहेका यी बालबालिका बोको हरामको सशस्त्र हिंसा र चरम खडेरीका कारण गम्भीर कूपोषणको शिकार भई मृत्युको मुखमा पुगेका हुन् । खतरामा परेका चार लाख ७५ हजारमध्ये बोको हरामले हिंसा मच्चाइरहेको उत्तरी नाइजेरियाको बोर्नो राज्यका मात्र ४९ हजार बालबालिकाको यसै वर्ष मृत्यु हुनसक्ने चेतावनी यूनिसेफले दिएको हो ।

ती बालबालिकालाई उपचार गराई मृत्युको मुखबाट जोगाउने हो भने तत्काल ३१ करोड डलरको सहायता जुटाउनुपर्ने यूनिसेफले जनाएको छ ।

तर अहिलेसम्म जम्मा चार करोड १० लाखमात्र जुटेको उसले जनाएको छ । यो रकम चाड, नाइजेरिया, नाइजर र क्यामरुनको सीमास्थित चाड ताल क्षेत्रका बासिन्दाका लागि आवश्यक परेको हो । (एजेन्सी)