इटालीमा भूकम्पमा मृत्यु हुनेको संख्या १५९ पुग्यो

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

धादिङ भदौ ९

8

इटालीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५९ पुगेको छ ।

राजधानी रोमनजिक रहेको पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पका कारण ३६८ जना घाइते भएका छन् ।

हराइरहेकाहरुको खोजी भइरहेको छ । भग्नावशेषमा पुरिएका केहीको भने जीवितै उद्धार गरिएको छ । भग्नावशेषबाट १७ घण्टापछि एक आठ वर्षीया बालिकालाई जीवितै उद्धार गरिएको छ ।

मध्य इटालीमा निकै वर्ष पुराना घरहरु भत्किएका छन् । अमाट्रिसे शहरको आधा भाग पूर्णरुपमा ध्वस्त भएको छ भने अकुमोली शहरमा पनि थुप्रै घर भत्किएको छ । १० किलोमिटर मात्रै गहिराईमा गएको भूकम्पका कारण पेरुगिए शहरको आधा भाग नै ध्वस्त भएको बताइएको छ ।

इटालीमा सन् २००९ मा गएको ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्पमा परी ३ सय भन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)