आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

धादिङ  भदौ ९

Krishna-Janmashtami-Whatsapp-DP

श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी बिहीबार मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यस दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप यो पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । यस रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

कृष्णा जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारमा रहेको प्रसिद्ध श्रीकृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । देशभरका अरु कृष्ण मन्दिरमा पनि पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदैछ ।