कांग्रेसमा मन्त्रीको भागवण्डा मिलेन

Avatar photo
Dhadingpost
बुधबार, भदौ ८, २०७३

धादिङ भदौ ८

congress

आफ्नो समूहको सम्मानजनक सहभागी नभएको भन्दै नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले मन्त्रीहरुको नाम दिन अस्वीकार गरेको छ ।

बुधबार अपराहृन बसेको पौडेल समूहको बैठकले आफ्नो समूहबाट मन्त्रीहरु नपठाउने निर्णय गरेको छ । ‘पद्धति, प्रकृति र परम्परा अनुसार सम्मानजनक सहभागिता नभएसम्म सरकारमा मन्त्री नपठाउने निर्णय भएको छ,’ एक नेताले भने ।

पद्धति, प्रकृति र परम्परा भनेपछि भागवण्डा नमिलेको हो । बुधबार विहान भएको छलफलमा पौडेलले मन्त्रालय भागवण्डामा कुरा नमिलेको बताएका थिए ।

नेताहरुका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले चार मन्त्रीको नाम दिन प्रस्ताव गरेका छन् । तर, पौडेलले भने आफू समूहबाट ५ मन्त्री र त्यति नै राज्यमन्त्री बनाउनु पर्ने माग गरेका छन् ।