विप्लव माओवादी थप स-सक्त बन्दै अन्य पर्टी पनि मिसिए

Avatar photo
Dhadingpost
बुधबार, भदौ ८, २०७३

काठमाडौ भाद्र ८ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी र अन्य साना कम्युनिष्ट घट्टकहरुबीच मंगलबार पार्टी ध्रुविकरण र एकिकरणको घोषणा गरेका छन् ।

कायाृक्रममा विप्लवले देश जनताको मुत्ति र मौलिक अधिकार प्राप्तीका लागी आफुहरु युद्ध लडन तयार रहेको उद्घोष गर्नुभएको थियो । जनताको गास ,बास ,कपासको अधिकार प्राप्तिका लागी माओवादी अन्तिम समयसम्म लड्न तयार रहेको उहाको भनाई छ ।

आफ्नो पार्टी शान्ति र सम्वृद्धिको खोजीमा रहेको भन्दै उहाले संसदीय व्यावस्थाले जनतालाई आधारभुत र नैसर्गीक अधिकार दिन असक्षम भएको ठोकुवा गर्नुभयो ।

कार्यक्रम मार्फत ध्रुविकरण र एकिकरणको अभियानमा सबै कम्युनिष्ठ घटकहरुलाई गोलबद्ध हुन आह्वान गर्दै विप्लवले क्रान्तिलाई पुरा गराएरै छाड्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

प्रचण्ड र बाबुराम नवसंसोधन वाद र साम्राज्यवादमा फसेर १० वर्ष सम्म चलेको सफल जनयुद्धका एजेण्डाहरुलाई धोका दिएको भन्दै उहाले प्रचण्ड बाबुरा धागो चुडिएको चङगा जस्तै अवस्थामा रहेका कहाँ गएर बजारिन्छ भन्ने ठेगान नभएको टिप्पणि गर्नुभयो ।

त्यसअघि कार्यक्रममा प्रवत्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले राजनितिक प्रतिवद्धता पत्र वाचन गर्नुभएको थियो । प्रतिबद्धता पत्रमा क्रान्तिको झण्डा झुक्न नदिने र दलला नवंशोसधनबाधमा फेसेर नेताहरुले मुलुक र जनताको हित बिपरीत कदम चालेकोले त्यसलाई सफल पार्न नदिने उल्लेख छ ।

प्रतिबद्धता पत्रमा माओवादीका महासचिव विप्लब , कम्युनिष्ट न्युक्लियसका हेमन्त प्रकास ओली , नेकपा माओवादी केन्द्रका पिविएम सन्देश र क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईस्लाम हवालीले हस्ताक्षर गरेका छन् ।