धादिङबेसी भाद्र ६ । रुख रोपौं वन जोगाऔं यो नारा स्थापित नारा हो । यहि नारा आज माफियाहरुले रुख काटौ घर बनाऔंका रुपमा परिणत गरि रहेका छन् । अतिक्रमण रोक्न जिल्ला वनकार्यालय धादिङले पनि पहल गर्यो तर अमरावती सामुदायीक वनमा आएर रोकियो ।
सो अमरावती सामुदायीक वनमा बनेका घर टहरा भत्तकाउने अभियानमा जिल्ला वन कार्यालय धादिङका प्रमुख ईमनाथ पौडेल फिल्डमा पुगे तर उनी त्यतिकै फर्केका थिए । कारण थियो सामुदायीक वन अतिक्रमण गरेर बनाईएको रेडियो धादिङको भवन यो विषयले राष्ट्रिय रुप लियो । बहस भयो कोहि कानुन
राजमार्गमा मात्र हैन अमरावतीमा पनि लाग्नु पर्यो कोही भन्दै थिए रेडियो धादिङ समुदायको हो यसको भवन भत्तकाउन पाईदैन ।
यो बहसलाई हल गर्न जिल्लाका राजनीतिक दलहरुको सर्वदलिय वैठक पनि वसे तर सहमति गर्न सकेनन् । केहि दिन यता सेलाएको अमरावती वन घटना फेरि बल्झिएको छ ।
नेपाल वन प्राविधिक संघ अमरावती सामुदायीक वन क्षेत्र अनुगमन गर्न आफै आयो र अतिक्रमण भएको ठाउँ खालि गरिने बतायो ।
आज पत्रकार सम्मेलन गर्दै नेपाल वन प्राविधिक संघका केन्द्रिय अध्यक्ष शेखर कुमार यादवले अमरावती वन अतिक्रमण भएको छ, उक्त स्थान खाली गर्न वन कार्यालय तयारी रहेको समेत वताउनु भयो ।
यादवले विवाद रहित तवरले भवनहरु भत्तकाउने तयारी अनुरुप सबै सँग भेटघाट गरि रहेका छौ । तर भएन भने बल प्रयोग गरेर भए पनि उक्त भवन हरु भत्तिने त्यसका लागि गृह सचिव सँग सल्लाह भएको बताउनु भयो ।
अमरावती वनमा मात्र हैन यो अभियान सुरु भएको छ वन अतिक्रमण भएका क्षेत्रहरु खाली गरिने समेत यादवले पत्रकारहरुलाई बताउनु भएको थियो ।
जिल्ला प्रशासनको हलमा भएको पत्रकार सम्मेलनमा जिल्ला वन कार्यालय धादिङका प्रमुख ईमनाथ पौडेलले धादिङका पत्रकारले सामुदायी वन रक्षाको यो अभियानमा महत्वपूर्ण भमुकि निभाएको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।