अस्पतालदेखि एफएम स्टेशनकाे विद्युत लाइनसमेत काटियो

Avatar photo
Dhadingpost
सोमवार, भदौ ६, २०७३

धादिङ भदौ ६

janardan-sharma-300x300

 

ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत महशुलको वक्र्यौता नतिर्ने सय हारहारीका प्रयोगकर्ताको विद्युत लाइन काटिएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार विद्युत महसुल तिर्न बाँकी रहेका र जवर्जस्ती गरिरहेकाहरुको लाइन काटिएको हो । केही दिनअघि मात्रै ऊर्जामन्त्रीले महशुल नतिर्नेको लाइन काटिने बताएका थिए ।

ऊर्जा मन्त्रालयले विद्युत महशुलको बाँकी बक्यौता नतिरेका विभिन्न जिल्लाका दूरसञ्चार प्रदायक कम्पनीदेखि स्थानीय एफएम स्टेशन तथा अस्पतालको विद्युत समेत कटौती गरिदिएको छ ।

कैलालीको टिकापुर, डडेलधुरा तथा धनगढीमा रहेको दूरसञ्चार प्रदायक कम्पनी यूटीएल तथा धनगढीस्थित एनसेलको समेत विद्युत कटौती गरिएको विवरणमा उल्लेख छ ।

डडेलधुरास्थित अपी अस्पताल, बैतडीस्थित समशेर एफएम, महेन्द्रनगरको प्रभु एफएम तथा बैतडीको रेडक्रस कार्यालयको समेत लाइन काटिएको छ ।

1-750-2

2-750-1

3-750