सरकार फेरिनुमा ओलीले दिए दुई कारण

Avatar photo
Dhadingpost
सोमवार, भदौ ६, २०७३

धादिङ भदौ ६

kp

एमालेले तल्ला कमिटीसम्म सुदृढ एकता कायम गर्दै पार्टी हित र प्रतिष्ठामा आँच पुग्ने गरी गुटबन्दी र प्यानल गतिविधि बन्द गर्न पार्टी पंक्तिलाई कडा निर्देशन दिएको छ। स्थायी समितिको आइतबारको बैठकले आगामी चुनावी प्रतिस्पर्धामा आन्तरिक एकता सुदृढ गर्दै पार्टीलाई बहुमत प्राप्त गर्ने उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औाल्याएर पार्टी पंक्तिलाई गुटबन्दी र प्यानल रोक्न कडा निर्देशन जारी गरेको हो।

‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित र चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै स्थायी कमिटीको यो बैठक निम्नानुसार संकल्प गर्दछ र सम्पूर्ण पार्टी पंक्तिलाई यसैअनुरूप अघि बढ्न निर्देशित गर्दछ,’ बैठकपछि सचिव योगेश भट्टराईद्वारा सार्वजनिक निर्णयमा भनिएको छ । पर्ने आवश्यकता औाल्याएर पार्टी पंक्तिलाई गुटबन्दी र प्यानल रोक्न कडा निर्देशन जारी गरेको हो ।

१. वैदेशिक षड्यन्त्र र माओवादी अवसरवाद

वैशाखमा सरकारको समीकरण बदल्ने र मुलुकलाई अनिश्चयतिर धकेल्ने कोसिस भयो । तर, पार्टीको एकताबद्ध प्रयत्नबाट हामीले त्यसलाई असफल बनायौा । र, माओवादी केन्द्रसाग ‘नौबुादे समझदारी’ कायम गर्दै समीकरणलाई रणनीतिक महत्त्वका साथ अघि बढाउने सामूहिक संकल्प गर्‍यौा । तर, देशभित्र र बाहिरका षड्यन्त्रहरू समाप्त भएका भने थिएनन् । उनीहरूले फेरि षड्यन्त्र र दाउपेचलाई निरन्तरता दिए । माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्रमहत्त्वाकांक्षा, अवसरवादजस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान गर्‍यो ।

२. मोडालिटीको प्रस्तावपछि प्रचण्डको षड्यन्त्र

हाम्रो पार्टीका तर्फबाट रणनीतिक समझदारीलाई विश्वासमा बदल्दै सरकारको नेतृत्व परिवर्तन गरेर भए पनि समीकरण जोगाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसको स्पष्ट मोडालिटी ल्याउन प्रस्ताव गरियो । तर, उहाा त्यसतर्फ कुनै कदम नचाली सरकार परिवर्तनको षड्यन्त्रमूलक क्रियाकलापमा सामेल हुनुभयो । त्यसैको परिणाम उपयुक्त समीकरण बदलिन पुग्यो ।