धादिङ भदौ ४
लामो समय देखि हुन नसकेकोे नेपाल आदिवासी जनजाती महासंघ धादिङको जिल्ला अधिवेशन शनिवार धादिङबेशीमा सम्पन्न भएको छ । जिल्लामा लामो समयसम्म आदिवासी जनजातीको अधिवेशन हुने मिति तोक्दै स्थगित हुदै आएको थियो ।जातीय सुशासन र आत्मनिर्णयको अधिकार, नयाँ नेपाल निर्माणको मुल आधार सम्पूर्ण जनजाती एक हाऔं भन्ने मुल नाराको साथ नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धादिङको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धादिङको आयोजनामा भएको सो अधिवेशन आदिबासी जनजाती महासंघ धादिङका अधक्ष्य हरी सङ्कर गिदेल मगरको सभापतित्वमा भएको कार्यक्रममा आदिबासी जनजाती महासंघ धादिङका कोषाध्यक्ष जगत बरामको प्रमुख आतिथ्यता रहेको थियो ।आदिबासी जनजाति महासंघ धादिङका सल्लाहकार हरिपाटा मगर लगायत जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी आदिबासी जनजाति महासंघ धादिङका अधक्ष्य हरि सङ्कर गिदेल मगरले धादिङ जिल्लामा आदिबासी जनजाती महासंघ जिल्ला समन्वय गठन गरी आदिबासी जनजातीहरुको हक अधिकार सुनिश्चित गरी एकता बद्ध भई अघि बढनु पर्ने आवश्यकता रहेको बताए । आदिवासी जनजातीहरुको हक र अधिकार संविधानमा नै सुनिश्चित गरि राज्यको मूल धारमा आदिवासीको पनि समान सहभागिता रहनु पर्नेमा जोड दिए ।
उहाँले आफ्नो कार्यकल भरी भए गरेको खर्चको आय व्याय विवरण्न तथ बर्षभरी गरेको कार्यक्रमहरुको जानकारी गराउदै आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सम्पूर्ण कार्यसमतिका पदाधिकारीहरुलाई धन्यावद ज्ञापन गर्दै काम गर्दा भएको कमीकमजोरी प्रति क्षमा याचना सहित अब गठन हुने नयाँ चयन हुने कार्यसमितिलाई अग्रीम बधाई समेत व्यक्त गरेका थिए ।
साथै आज भएको अधिवेशनले आगामी कार्यकालका लागि दुर्गा बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति समेत गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्ष्यमा चन्द्र बराम, उपाध्यक्षमा अर्जुन भुजेल, नारायण कुमार श्रेष्ठ, दान बहादुर कुमाल, सचिवमा एकु थापा मगर सहसचिवमा सन्तमान चेपाङ र कोषध्यक्षमा सुकुलाल तामाङ र अन्य तीन सदस्यीय गरि ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।