मोदी-निधि भेटवार्ता

Avatar photo
Dhadingpost
शनिबार, भदौ ४, २०७३

धादिङ भदौ ४ –
20082016020002Modi_Nidhi-1000x0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन इच्छुक रहेको बताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा भारत भ्रमणका रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीले भारत नेपालमा शान्ति, स्थायित्व र विकास भएको हेर्र्न चाहने बताउनुभएको छ । भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गर्नुभएको थियो ।
हैदरावाद हाउसमा भएको ४५ मिनेटको भेटवार्तामा प्रधानमन्त्री मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाइनेबारे विश्वास दिलाउनुभएको थियो ।
भेटमा निधिले संविधान कार्यान्वयनमा भारतको सहयोग, द्धिपक्षीय सम्बन्ध सुधारका साथै दुई मुलुकबीच उच्चस्तरिय भ्रमण गराउने बिषयमा मोदीसँग कुराकानी गर्नुभएको छ । मोदीले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउने गरि अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । मोदीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधान कार्यान्वयन भएर नेपालमा विकास भएको हेर्न हामी आतुर छौँ ।’