मोदीलाई निधिले भेट्दै

Avatar photo
Dhadingpost
शनिबार, भदौ ४, २०७३

धादिङ भदौ ४-

nidhi

भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । बिहान ११ बजेपछि हुने भेटमा उपप्रधानमन्त्री निधिले नेपालमा संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयन, चुनावको तयारी लगायतका विषयमा जानकारी गराउनुहुनेछ ।

भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो ।

प्रधानमन्त्रीको विशेष दूतका रुपमा दिल्ली पुगेका निधिले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री स्वराजसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो । भेटमा मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताउनुभएको थियो ।

यसैबिच प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।