किरान्चोकमा एक बृद्धको हत्या

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३, २०७३

उपेन्द्र जम्कटेल

धादिङ भदौ २

Hatya1-57b54979089003.29797608

धादिङको किरान्चोक गाबिस वडा नं ४ को ऐसेलु खर्कमा ७५ बर्षिय हर्क बहादुर तामाङको बुधबार राती धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

राति आफ्नै घरमा सुतिरहेको तामाङको अज्ञात समुहले हत्या गरिएको हो ।घटनामा उनको श्रीमति ठूलिमाँया तामाङ गम्भिर घाइते भएका छन । ।छिमेकीले घटनाबारे थाहापाए पछि स्थानियलाई खबर गरेका थिए। घटना पश्चात बिहिबार गजुरी प्रहरी चौकीबाट प्रहरी घटना स्थल पुगेको थियो।
प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा तामाङको शव पोष्टमार्टमको लागि  गजुरी लगिएको छ ।घाईते ठुलीमायाको उपचार भईरहेको छ। घटना कसले र किन गराइएको हो भन्ऩे बारे खुल्न सकेको छैन ।घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरिले जनाएको छ।