पोखरा भदौ २
राष्ट्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेललाई पत्निशोक परेको छ । पौडेलको श्रीमति सावित्री पौडेलको आज बिहान उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
३६ वर्षीया श्रीमति साबित्रीको असमायिक निधन भएपछि यतिबेला लोक गायक चोलेन्द्र पौडेल शोकमा रहेका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका पूर्व अध्यक्ष समेत रहेको चोलेन्द्र पौडेल नेपाली लोक सङगीतको संरक्षण र संवद्र्धनको लागि लामो समयदेखि लागि परेका थिए
विभिन्न एल्बम बजारमा ल्याईसकेको गायक पौडेलले पछिल्लो समय बजार ल्याउनुभएको पानि मुनि मुनि एल्बम बजारमा चर्चा रहेका छन ।
तस्बिर फेसबुकबाट