नेविसंघको चुनाव आज

Avatar photo
Dhadingpost
बुधबार, भदौ १, २०७३

धादिङ भदौ १

kaaa

उद्घाटन भएको ११ दिनपछि नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।बिहान ७ बजेदेखि साझँ ७ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्वाचन आयोजले सार्वजनिक गरेको भएपनि ८ बजेसम्म मतदान सुरु भएको छैन ।उद्घाटन भएको डेढ सातासम्म पनि मिल्लन नसकेको प्रतिनिधि विवाद सहमतिमा सुल्झिएपछि निर्वाचन हुने भएको हो ।

मतदान सकिएसँगै मतगणना सुरु हुने भएको छ । विद्युतिय मतदान हुने भएकाले निर्वाचन सकिएको दुई घण्टामै परिणाम सार्वजनिक गर्न सकिने निर्वाचन समतिले जनाएको छ ।निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।

एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री १३ सहायकमन्त्री, एक कोषध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् ।

सभापतिको एक पदमा ८ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सभापतिका उमेदवार पदमराज पन्तले उमेदवारी फिर्ता लिएसँग ७ जना उमेदवार चुनावी मेदानमा उत्रिएका हुन् ।