पोखरा साउन ३२
गुरुङहरुको बिशेष पर्व ‘ट्वोहें’ पोखराका गुरुङहरुले विविध कार्यक्रम गरी मनाएका छन् । हरेक वर्षको साउन र चैत्र महिनाको अन्तिम मंगलबार गुरुङ्गहरुले यो पर्व मनाउदै आएका छन् ।
ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुखशान्ति प्राप्त हुने, भुतप्रेत पन्छाउने विश्वास छ ।
ट्होटें मनाइएमा राक्षस, भूतप्रेत भाग्ने तथा कु–संस्कृति हट्छ भन्ने पुरानो मान्यतालाई निरन्तरता दिदै पोखराका यो पर्वलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । गुरुङ जातिको बाहुल्य रहेको पोखरामा उनीहरुले मंगलबार पोखरामा बाजागाजा र झाँकीको र्याली निकालेका थिए ।