५ लाख चाहिन्छ भुकम्प पिडितका घर बन्न -भट्टराई

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३२, २०७३

गोरखा, ३२ साउन । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् ।

‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि दुई लाख रुपैयाँको सट्टा पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए ।

‘पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन,’ सदरमुकाममा मंगलबार भएको कार्यक्रममा भट्टराईले भने, ‘पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।’

संसद्बाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ । रासस