धादिङ साउन ३२
साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् ।
तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंलवारमा ट्होटें मनाउदै आएको हो । ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् ।
उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
ट्होटें पर्व समारोहमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको छ । हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले तमुवान राज्य प्राप्तिको माग गर्दै कार्यक्रम गर्न लागेको छ ।
तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलवार २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको हो ।