के हो,देश भर फैलिरहेको स्क्रब टाइफस ?

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३२, २०७३

पहिलो पटक सन १९३० मा जापानमा पहिचान गरिएको यो जिवाणु पहिले जेनस रिकेट्सिया [Genus:Rickettsia ] मा राखिएको थियो भने आहिले जेनस वोरेन्सिया[Genus:Orientia] मा रखिएको छ।यो रोग वोरेन्सिया सुसुगामुसि[Orientia tsutsugamushi] नामको जीवाणुले गर्दा लाग्दछ। यस जिवणुले संक्रमीत माइट सुक्ष्म किरा,सुल्सुले,उपियाँ जुम्रा,आदिको टोकाइबाट सर्न सक्दछ्।

यस संक्रमणका कारण १०५ डिग्रि फरेनहाइटसम्म ज्वरो आउने,सास फेर्न गह्रो हुने,शरिर बाँउडिने,खोकि लाग्ने,वान्ता हुने,पेट दुख्ने,पखाला लाग्ने,जिउ दुख्ने,जोर्नि र मांशपेसिमा पीडा हुने,गर्दन्,नीतम्ब र पाखुरामा गाँठो देखिने,रगतमा प्लेटेलेट्सको सङख्या घट्दै जाने,छाति,पाखुरा,हात्खुट्टामा गुलाबी बीमीरा देखिने जस्त लक्षणदेखा पर्दछ ।

यस को समयमै उपचार हुन नसके दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने ,रक्तचाप कम हुदै जाने, मृगौलाले काम गर्न छोड्ने,शरिरको प्रतिरक्ष्यात्मक क्षमता कम हुने भएकाले सामान्य जीवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिल्ताहरु देखा पर्न सक्छ।यस जीवाणुले सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्छ।

हाल सम्म यस जीवाणुको विरुद्धमा दिईने लाइसेन्सेड भ्याक्सिन बन्न सकेको छैन।तर संक्रमण भएपछि डक्सिसाइक्लिन्{१००mg दिन को २ पटक} ,टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिकको मद्धतले चिकित्सकको सल्लाह बमोजिम सेवन गरि वा सलाइनको माध्यमले नसाबाट दिई पूर्णरुपमा नीको पार्न सकिन्छ । साथै एजिथ्रोमाइसिन,रिफामपिन आदि अतिरिक्त एन्टिबायोटिकको रुपमा प्रयोग गर्न सकिन्छ।

यस रोगको परीक्षण प्रयोगशालामा बिभिन्न सेरोलोजिकल टेस्ट जस्तै Weil-Felix test,indirect immunofluorescence test,IFA test etc बाट गर्न सकिन्छ ।

यस जीवाणुबाट बच्नका लागि सुक्ष्मकीरा,सुल्सुले,उपियाँ,जुम्रा,आदिबाट टाढा बस्ने ,बिरामिको सुरक्षित ढङ्गले हेरचाह गर्ने, बिरामिका सामानहरु जताभावी नराख्ने र प्रयोग नगर्ने र सरसफाईमा राम्रो ध्यान दिनुपर्ने हुन्छ ।

सुभासचन्द्र अर्याल, नलाङ, काम्दी धादिङ
हालः Msc.मेडिकल सुक्ष्मजीववीज्ञान
Goldengate international college,kathmandu
subasaryal98@gmail.com