उपप्रधानमन्त्री महरा चीन प्रस्थान

Avatar photo
Dhadingpost
सोमवार, साउन ३१, २०७३

धादिङ साउन ३१

pkk|wfgdGqL dx/f rLg k|:yfg pkk|wfgdGqL Pjd cy{dGqL s[i0faxfb'/ dx/f k|wfgdGqLsf] ljz]if k|ltlglwsf]?kdf b'O{lbg] rLg e|d0fdf k|:yfg ug]{qmddf cGt/f{li6«o ljdfg:yndf ;f]daf/ laxfg ;~rf/sdL{;Fu s'/f ub}{ . tl:a/ M /Tg >]i7, /f;;

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गरेका छन्।

परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको नयाँ सरकारले संविधान कार्यान्वयन, संविधानलाई सर्वस्वीकार्य बनाउने, शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण र बेपत्ता खोजबिनको कार्यलाई निष्कर्षमा पुर्याउने तथा भूकम्पपछिको पुनःनिर्माणको विषयलाई प्राथमिकता निर्धारण गरेको छ ।

चीनतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दुई देशबीचको सम्बन्ध विकास र विस्तार गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको स्पष्ट पारे।

उपप्रधानमन्त्री महराले भने- “नयाँ सरकार गठन भएको परिवर्तित अवस्थामा चीनसँगको सम्बन्धलाई सुदृढ गर्न आफू चीन जान लागेको हुँ, राम्रो सम्बन्ध विस्तार गर्नका निमित्त चीनले गर्ने सहयोग र चीनका नेताहरुको नेपाल भ्रमणको पनि अपेक्षा राख्दछौँ ।

चीनसँग विगतको सरकारले गरेका राम्रा सम्झौतालाई कार्यान्वयन गर्न अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले चीनले नेपाल सरकारका प्राथमिकतालाई सहयोग गरोस् भन्ने हाम्रो चाहना हो ।

उपप्रधानमन्त्री महराले दुईदिनसम्म बेइजिङमा रहँदा चिनियाँ सरकारका उच्चपदस्थ अधिकारी, महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्नेछन्। उनका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहेका छन्।तस्बिर : रासस