धादिङ साउन ३०
बिप्लव नेतृत्वको बिद्यार्थि संगठन अखिल क्रान्तिकारीले भोलिदेखि २ दिने शैक्षिक आम हडताल आह्वान गरेको छ । भोलि साउन ३१ र पर्सि ३२ गते आयोजना गरिएको शैक्षिक हडतालमा सबै शैक्षिक सस्था बन्द गराउन अखिल क्रान्तिकारीले अपिल गरेको छ । बिभिन्न १७ बुँदे माग राख्दै क्रान्तिकारीले शैक्षिक सस्था मात्र बन्द गराउने गरि शैक्षिक हडतालको आयोजना गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
शिक्षा गरिबको पहुँचमा पुग्न नसकेकोले उच्च मावि सम्म निशुल्क र त्यस भन्दा माथि सबै क्षेत्रका वा प्राबिधिक क्षेत्रमा पनि बिषेश छुटको ब्यबस्था गर्न अखिल क्रान्तिकारीले माग गरेको छ । हडतालको अवज्ञा गरी अघि बढेमा त्यसबाट हुने क्षतिको जिम्मेवारी आफूहरुले नलिने समेत जनाएको छ ।