धादिङ श्रावण ३० । जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलले सामुदायीक वनको पक्षमा सिडियो कार्यालयमा अनसन बस्ने बताउनु भएको छ ।
धादिङबेसीलाई सुन्दरता दिदै आएको अमरावती समुदायीक वन अतिक्रमण गरेर बनेका भवन भत्तकाउन १२ः ३० बजे वन क्षेत्र पुगेका जिल्ला वन कार्यालय धादिङका प्रमुख पौडेल बेलुका ५ बजे निराश हुँदै वनको पक्षमा अनसन वस्ने उद्घोष गर्दै फर्किएका थिए ।
सामुदायीक वन क्षेत्रमा वनेका भवनहरुको वैधानिकता खोज्दै १ हप्ते पत्रचार गरेका प्रमुख पौडेलले वैधानिकता दावी नगरेपछि आज भवन भत्तकाउन प्रहरी डोजर सहित अतिक्रमित स्थल पुग्नु भएको थियो ।
उक्त अतिक्रमित सामुदायीक वन क्षेत्रमा रहेको रेडियो धादिङको भवन जोगाउन, रेडियो संचालक समिति, रेडियोका कर्मचारी र एनजीओ कर्मीहरु गएर अवरोध गर्दै डोजरमा ढुङ्गा मुढा गर्दा डोजरको सिसा फुटेको थियो ।
त्यस पछि ससस्त्र प्रहरी बल प्रयोगको माग गरि रहेको थियो भने जनपथ प्रहरी त्यो मनस्थितिमा देखिएको थिएन । सिडियोको निर्देशन पर्खि रहेका प्रहरी साढे १२ बजे देखि ५ बजे सम्म कुरि रहे, तर सिडियोको निर्देशन नपाएपछि फर्किन वाध्य भएका थिए ।
रेडियोलाई पटक पटक उपकरणहरु अन्यत्र सार्न र भवन खालि गर्न भनको थियौं तर उल्टै च्यालेन्ज दिदै भत्तकाएर देखाउन सम्मको धम्की आयो डोजर माथि आक्रमण गरियो यो कानुन सङ्गत नभएको जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलले बताउनु भयो ।
धादिङका प्रमुख जिल्ला अधिकारीले यस विषमा धादिङपोष्ट सँग कुरा गर्दै भन्नु भयो, सामुदायकि वन अक्रिमण गर्ने अधिकार कोही कसैलाई छैन प्रशासन डराएर र वा दवामा आज फर्किएको होईन त्यो क्षेत्र खालि गराएरै छाड्ने बताउनु भयो ।