धादिङ साउन ३०
नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता आज हुँदैछ ।निर्वाचन समितिका अनुसार आज दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिउको छ । दावी विरोध, फिर्ता लगायतको प्रक्रिया पुरा गरेपछि भोलि साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरिनेछ ।
पर्सी मंगलबार विहान ७ देखि बेलुकी ७ ७ बजेसम्म कांग्रेस पार्टी कार्यालयमा मतदान हुनेछ । मतदान सकिए लगतै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
प्रतिनिधि छनौट विवाद मिलेपछि शनिबार बजेर प्रतिनिधिहरुको सूची प्रकाशित गरिएको छ । ३ हजार ७६० प्रतिनिधि छन् । अहिले प्रतिनिधिरुलाई परिचयपत्र वितरणको काम भइरहेको छ । र, बन्द सत्र नै नगरी सिधै निर्वाचनको प्रक्रिया सुरु गरिने भएको छ ।