विप्लवका कार्यकर्ताले अस्पतालको फोहोर उठाए

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २८, २०७३

काठमाडौं, २८ साउन । फोहोर राजनीतिले देशलाई आक्रान्त बनाएको विषयमा चोकचोकमा चर्चा हुने गरेको छ तर, दलका कार्यकर्ताले सरसफाइ गरेको समाचार भने त्यति आउँदैन । किन भने राजनीतिक दलका नेता सामाजिक काममा भन्दा नेताको सत्ताको भर्‍याङ बन्दै आएका छन् । यस्तोमा विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन भने अपवाद बनेको छ । देशको सबभन्दा पूरानो तर फोहोर भएको अस्पतालको रुपमा वीर अस्पताललाई लिइन्छ ।

यही फोहोरी अस्पताललाई सरसफाइ गर्न उनीहरु कस्सिएका छन् । सरकारको पूर्ण स्वमित्व रहेको वीर अस्पताल फोहोरहरुको संग्रालय नै हो ।

व्यवस्थापकीय हिसाबले सबैभन्दा लथालिङ्ग भएको अस्पताल पनि वीर अस्पताल नै हो भन्दा अन्यथा नहोला । गरिब जनताको अस्पतालको रुपमा बुझिने वीर अस्पतालमा उपचारको लागि पुग्ने विरामी र सहयोगीलाई फोहोरको निकै झर्को हुने गर्दछ ।

अस्पताल सरसफाइको जिम्मेवारी पाएका कर्मचारीको ध्यान अस्पताल सरसफाईमा छैन । तर, राजनीतिको फोहोर हटाउनु पर्ने विद्यार्थी आफै अस्पतालको फोहोर हटाउन पनि कस्सिएका छन् ।

विहीबार रातो पहिरनमा उनीहरु मास्क लगाएर सरसफाईमा कस्सिए । साथमा माओवादी निकट जनस्वास्थ्यकर्मि संघ पनि थियो । वीर अस्पताल परिसर नै सरसफाईमा उत्रिएका उनीहरुले दिनभर जस्तै फोहोर हटाउन कस्सिएका थिए । अखिल क्रान्तिकारीको उपत्यका समन्वय समिति वीर अस्पतालको परिसरमा सरफाई गरेका हुन् ।

‘समान शिक्षाका लागि एकीकृत राष्ट्रिय अभियान’ नाम दिएर देशभर अभियान सन्चालन गरिरहेको अखिल क्रान्तिकारीको उपत्यका समन्वय समितिले वीर अस्पतालको सरसफाई गरेको हो। संगठनका उपत्यका समन्वय समितिका संयोजक लोकेश विश्वकर्माका अनुसार अखिल क्रान्तिकारीले उपत्यकामा ‘कक्षा–कक्षामा अखिल (क्रान्तिकारी) शिक्षालयमा संगठन’ नाम दिएर अभियान सन्चालन गरिरहेको छ । विद्यार्थीहरुको नेतृत्व विश्वकर्माले गरेका छन् ।

अभियानमा अस्पतालका कर्मचारीको पनि सहभागी रहेको विश्वकर्माले जानकरी दिए । सरसफाईसँगै वीर अस्पतालको परिसरभित्र रहेको फोहोरको व्यवस्थापन व्यवस्थापनि पनि गरिएको छ ।

सरसफाईपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले अभियान जारी रहने भन्दै यस्ता थुप्रै ठाउँमा फोहोर हटाउने बताए । नेकपा माओवादी काठमाडौ जबस मोर्चा इन्चार्ज रजमान तामाङको पनि अभियानमा सहभागीता थियो, दियो पोष्टले खवर लेखेको छ ।