धादिङ साउन २७
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आज आफ्नो १७ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
सन १९९९ अगष्ट ११ तारिखको दिन स्थापना भएको फोनिज अग्रजहरुको सक्रियतामा स्थापना भएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज तीन वर्षअघि फोनिजको रुपमा स्थापित भएको छ ।
फोनिजका केन्द्रिय अध्यक्ष दण्ड गुरुङले समयको माग, सबै आदिवासी जनजाति पत्रकारहरुको भावनाको सम्बोधन गर्दै अनिजलाई फोनिजसम्म परिष्कृत रुपमा रुपान्तरण गर्न सहयोग पु¥याउने सबैलाई धन्यावाद दिएका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, मानवअधिकारको रक्षाका साथै आम श्रमजीवी पत्रकारको पक्षमा फोनिज सदैव दृढताका साथ उभिने पनि गुरुङको भनाई छ । उनले एकआपसमा सद्भाव, सहकार्य गर्दै सशक्त र प्रभावकारी संगठन स्थापित गर्ने अठोटका साथ सबैमा शुभकामना व्यक्त गरेका छन् ।