बिहीबारदेखि लागु हुने गरी लोडसेडिङ घट्यो (तालिकासहित)

Avatar photo
Dhadingpost
बिहिबार, साउन २७, २०७३

धादिङ साउन २७
loadsheding
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ । बिहीबारदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।
नयाँ तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

अबदेखि एक दिन ६ घण्टा, तीन दिन साढे ६ घण्टा, दुई दिन ८ घण्टा र एक दिन ७ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले परिस्थिति प्रतिकुल/अनुकुल भएका एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने जनाएको छ ।