अन्तः नेविसंघको विवाद मिल्यो

Avatar photo
Dhadingpost
बुधबार, साउन २६, २०७३

धादिङ साउन २६

nbs

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रतिनिधि छनौटमा देखिएको विवाद समाधान भएको छ ।११ जिल्लामा प्रतिनिधि छनौटबारे विवाद हुँदा बन्द सत्र सुरु हुन सकेको थिएन । मंगलबार र सोमबार रोकिएको बन्द सत्र बुधबार सुरु हुने प्रवक्ता युपि लामिछानेले जानकारी जानकारी दिनुभयो । उहाँका अनुसार सबै पक्षलाई चित्त बुझ्ने ढंगले प्रतिनिधि विवाद हल भएको छ ।

मंगलबार राति निर्देशक समितिले विवाद टुङ्ग्याएपछि अब अवरुद्ध महाधिवेशन प्रक्रिया अघि बढ्ने नेविसंघले जनाएको छ ।

विवादित जिल्लाहरुमा विधि र प्रक्रियाबाट बनेको कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई मात्र अधिवेशनमा सहभागी गराउनुपर्ने एकथरीको माग थियो । तर समानान्तर कमिटीबाट छानिएका प्रतिनिधिले पनि अवसर पाउनुपर्ने अर्काथरी विद्यार्थीले जोड दिंदै आएका थिए ।बुधबार बन्द सत्र सुरु हुने भनिएपनि समय निश्चित भएको छैन । शुक्रबारसम्ममा नयाँ नेतृत्व चयन भइसक्ने लामिछानेले जानकारी दिनुभयो ।

दुवै पक्षलाई चित्त बुझ्नेगरी ११ जिल्लाका प्रतिनिधिको नाम थपघट गरी विवाद मिलाउने प्रयास भएको हो । प्रतिनिधि विवाद मिलेपछि आमरण अनसनमा बसेका विद्यार्थीहरुले पनि आजै अनसन तोड्ने तयारी छ ।