नेविसंघ नेता सापकोटा आइसियुमा भर्ना

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २५, २०७३

धादिङ साउन २५
nbs

११ दिनदेखि अनसन बसेका नेविसंघ नेता गणेश सापकोटालाई मंगलबार साँझ ओम नर्सिङ अस्पतालको आइसियुमा सारिएको छ।
सापकोटाको स्वास्थ्य स्थिति बिग्रिएपछि डाक्टरको सल्लाहमा चार दिनदेखि काठमाडौं मोडल अस्पतालमा उपचारमा रहेका सापकोटालाई ओम सारिएको हो। उनी आठ दिनसम्म पार्टी कार्यालय सानेपामा अनसन बसेका थिए।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आठ दिनको दिन मोडल अस्पताल सारिएको थियो। पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि सापकोटा र उनीसँगै अनसनमा रहेको रत्नहरि ढुङ्गेललाई पनि ओम अस्पतालमा भर्ना गरिएको छ। यता महाधिवेशन उद्घाटन भएको दुई दिन हुँदा पनि प्रतिनिधि विवादको कारणले बन्द सत्र सुरू हुन सकेको छैन। विवाद समाधान गर्न विभिन्न चरणमा सयन्त्रहरूको छलफल चले पनि समाधान भने हुन सकेको छैन।