फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता

Avatar photo
Dhadingpost
सोमवार, साउन २४, २०७३

पोखरा साउन २४

Fewa-Boat-Accidents1

काठमाडौंबाट पोखरा घुम्न आएका दुई युवा फेवातालमा डुवेर वेपत्ता भएका छन् । तालमा जलविहारको क्रममा डुंगा पल्टिदा उनीहरु बेपत्ता भएका हुन् । सोमवार साझ पौने पाँच बजे ८ जना सवार डुंगा पल्टिदा ६ जनाको उद्धार गरिएपनि दुई जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार काठमाडौं चक्रपथका १९ बर्षीय प्रतिक श्रेष्ठ र वसुन्धराका २३ बर्षीय एलिन केसी तालमा डुवेर बेपत्ता भएका हुन् । तालमा डुंगा पल्टिएको खबर पाउनसाथ उद्धारमा जुटेको प्रहरी र सशस्त्र प्रहरीले चालक सहित ६ जनालाई जिवितै वाहिर निकालेको हो ।

डुंगामा सवार काठमाडौं चक्रपथका १९ बर्षीय सौगात श्रेष्ठ, २० बर्षीय सम्राट गौतम, ३१ बर्षका दिपक न्यौपाने, बसुन्धराका रोशन न्यौपाने, मकवानपुर हेटौडा ६ बस्ने बर्ष ३६ का विदुर धिताल र सिन्धुली घर भई हाल पोखरा ६ लेकसाईड बस्ने ३० बर्षीय डुंगा चालक गंगा बस्नेतको उद्धार गरिएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । बेपत्ता दुईको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

पुम्दीभुम्दी स्थित लेकभ्यू होटलमा खाना खाएर लेकसाईड तर्फ फर्किने क्रममा डुंगा डुबेको हो । होटलकै डुंगामा विना लाईफ ज्याकेट यात्रा गर्दा चालक सहित यात्रु तालमा डुबेका हुन् ।