साना दलबाट मन्त्रिमण्डल विस्तार

Avatar photo
Dhadingpost
सोमवार, साउन २४, २०७३

धादिङ साउन २४
timthumb

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना र नेकपा संयुक्तका एक जनालाई दाहालले मन्त्रिमण्डलमा ल्याएका हुन्। संयुक्तबाट जयदेव जोशी, राप्रपाबाट दीपक बोहरा र विक्रम पाण्डे मन्त्री भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच पार्टी एकीकरणकाे प्रयास भइरहेको बेला सरकारमा जाने नजाने विषयमा तीव्र मतभेद भए पनि राप्रपाले आफ्नो तर्फबाट मन्त्री पठाएको हो।
तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी छिन्। सपथ खाएका मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने चाहिँ टुंगो लागिसकेको छैन। नवनियुक्त मन्त्री जोशीले मन्त्रालय नतोकिकन सपथ खाएको जानकारी दिए।

सरकारले त्यसैगरी महान्यायाधिवक्तामा रमणकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। उनले सोमबारै पदबहाली गरेका छन्। नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलार्इ नियुक्ति गरेकी हुन्।