धादिङ साउन २१
नव निर्वाचित प्रधानमन्त्री प्रचण्ड सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । नयाँ मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महरालाई दिएको छ। बैठकले बादिपहिरोमा ज्यान गुमाउने परिवारलाई क्षतिपूर्ति स्वरूप थप एक लाख रुपैयाँ प्रधान गर्ने निर्णय गरेको छ। बुधवार ३६३ मत प्राप्त गरि देशको ३९ औ प्रधानमन्त्री बनेका प्रचण्डले विहिवार सरकारको बागडोर सम्हालेका थिए ।