भ्रष्टचारमा मुछिएका महरा बने अर्थमन्त्री

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २१, २०७३

धादिङ साउन २१
krishna-baharud-mahara1
भारतले लगाएको ५ महिने अघोषित नाकाबन्दी, महाभूकम्प लगायतका कारणले थलिएको मुलुकको अर्थतन्त्रमा प्राण भरेर गति दिने कुशल नेतृत्वको आवश्यकता खड्किरहेका बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न भ्रष्टाचारका धेरै आरोप खेपिरहेका माओवादी नेता कृष्णबहादुर महरा आइपुगेका छन् ।

यसअघि बनेका विभिन्न सरकारमा पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका उनका लागि अर्थमन्त्रालय नयाँ स्वाद चाख्ने थलो बन्ला, तर भ्रष्ट छविका कारण थला परेको मुलुकको अर्थतन्त्रले बजेटमार्फत अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न सक्ला भनेर पत्याउन सकिने आधार छैन । भ्रष्टाचारमा पटक–पटक मुछिएका कृष्णबहादुर महरा अर्थमन्त्री भएपछि उनको नेतृत्वमा मुलुकको अर्थव्यवस्थाले गति लिने कुरामा सरकार गठन हुँदै गर्दा नै आर्थिक क्षेत्रमा आशंका जन्मिएको छ ।

महराले यसअघि संचार मन्त्रालय, गृह मन्त्रालय र शान्ति तथा पुननिर्माण मन्त्रालयको बागडोर सम्हालिसकेका छन् । यी मन्त्रालयको नेतृत्व गरिरहँदा उनीमाथि हरेक मन्त्रालयसँग सम्बन्धित बिषयमा भ्रष्टाचारको आरोप लागेको छ । छानबिन भएको छ, तर छानबिन प्रतिवेदन दवाब र प्रभावमा लुकाइएको छ –