नेवि संघ महाधिवेशनको तयारी अन्तिम चरणमा

Avatar photo
Dhadingpost
बिहिबार, साउन २०, २०७३

धादिङ साउन २०
nbs
नेपाली कांग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघको ११ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छन ।

महाधिवेशन यही साउन २३ गते एकबजे भृकुटीमण्डपमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु भएको छ । प्रतिनिधीहरु करिब ३ हजार चारसय छन् ।

संघका प्रवक्ता युपी लामिछानेले महाधिवेशनको प्रचार–प्रचार, प्रतिनिधीहरुका लागि होटल बुकिङ, शैक्षिक दस्तावेज लेखनको काम सकिएको जानकारी दिए । ‘विवादित ११ जिल्ला प्रतिनिधीको सूची पनि बुधबार नै पार्टी नेतृत्वलाई बुझाइसकेका छौं, अब केन्द्रीय निर्बाचन समितले मतदाता सूची तयार पार्नेछ’, उनले भने ।

महाधिवेशनका लागि कुल एक करोड ७८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । महाधिवेशन खर्च सबै पार्टीले नै व्यहोर्ने बताइएको छ । पार्टीको केन्द्रीय कार्यलय परिषरमा अनसनमा बसेका विद्यार्थीसँग पनि तत्काल सहमति गर्ने तयारी भइरहेको छ