धादिङ साउन १९
बुधवार दिउसो ३६३ मत प्राप्त गरि नेपालको इतिहाँसमा ३९ औ प्रधानमन्त्रीमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुप्प कमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण विहीवार दिउसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीमा एक्लो उमेद्धारी भएपनि बहुमतको आधारमा प्रधानमन्त्रीमा निर्वाचित दाहाल यस भन्दा अघि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत भइसकेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नवनिर्वाचित दाहाललाई शपथ ग्रहण गराउने भएको हो ।