आज मध्यरातिदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटयो (अबको मूल्य सहित )

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १८, २०७३

धादिङ साउन १८
petrol-oil-pump-tel

नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । यसअघि ९९ रुपैयाँ लिटरको पेट्रोलका २ रुपैयाँ मूल्य घटाइएको आयल निगमले जानकारी दिए ।

यस्तै डिजेल र मटि्टतेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटि्टतेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो ।

एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ सस्तिएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै पाइने भएको छ ।

अबको लागू हुने मूल्य
पट्रोलियम पदार्थ………. मूल्य (रुपैयाँमा)
पट्रोल प्रतिलिट…………… रु ९७
डिजेल प्रतिलिटर………….. रु ७३
मट्टितेल प्रतिलिटर…………. रु ७३
ग्याँस प्रतिसिलिण्डर………… रु १३७५