धादिङ साउन १८
गत बर्षको बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएको आवास निर्माण गर्न अनुदान सम्झौता कार्य जारी रहेको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १ मा अनुदान सम्झैता साउन १६ गतेदेखि शरुु भएको हो । अनुदान सम्झौताको लागि सरकारले खटाईएको टोलि मार्फत नीलकण्ठ नगरपालिकाको वडा नं. १ को जुगेधारामा अनुदान सम्झौता कार्य भईरहेको छ । जुगेधारामा अनुदान सम्झौता कार्य आगामी साउन २१ गतेसम्म जारी रहने बताइएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. १ अन्र्तगत रहेको जुरेथुम , सिउडिबार , चिसापानी लगायत गाउका वासिन्दासँग अनुदान सम्झौता हुने भएको छ । अनुदान प्राप्त गर्ने लाभग्राहिरुको सूचिमा नाम रहेकाहरुले आफ्नो नागरिकता, जग्गा धनिको लालपुर्जा र सरकारले प्रदान गरेको भूकम्प पीडित निस्साको फोटो कपि सहित स्वंयम उपस्थित भएसी अनुदान सम्झौता गर्न सकिने जनाइएको छ ।
धादिङ जिल्लामा कुल ७० हजार ५ सय ८१ लाभग्राही रहेकोमा हालसम्ममा २७ हजार ३ सय ५ भन्दा बढि भूकम्प पीडितहरुसँग सम्झौता भईसकेको छ ।
नीलकण्ठमा अनुदान सम्झौता हुने मिति र स्थानहरु
वडा……… अनुदान सम्झौता हुने मिति.. ………….स्थान
१……….. साउन १६देखि २१ सम्म……………. जुगेधारा
२……….. साउन २४देखि २८ सम्म……………. भवनघर
३……….. साउन ३१देखि भदौ ४सम्म.…………. बालमन्दिर
४……….. भदौ ६देखि भदौ १० सम्म.…………. पोखरी घुमाउने डाँडा
