बुधबार देखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको नयाँ प्रधानमन्त्री हुँदैछन्। प्रधानमन्त्रीको दौड सुरु हुनुअघि नै नेकपा एमालेले हात उठाएपछि उनी मैदानमा एक्लै दौडिँदैछन्। ६ सय एक जना सदस्य हुने व्यवस्थापिका संसदमा हाल ३० राजनीतिक दल, मन्त्रीपरिषद्बाट मनोनित २४ र स्वतन्त्र सहित पाँच सय ९५ सदस्य छन्। तर दुईजना सांसद निलम्बनमा परेका छन् भने सभामुखले पक्ष वा विपक्षमा भोट हाल्ने प्रचनल छैन। नियमावलीमा भने निर्णायक मत दिनुपर्ने अवस्थामा मात्र मत हाल्ने व्यवस्था छ। कांग्रेस–माओवादी गठबन्धनद्वारा अघि सारिएका प्रधानमन्त्रीका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा हालसम्म २१ वटा दल र स्वतन्त्र सहित तीन सय ६६ सांसदको मत पर्ने देखिन्छ। प्रधानमन्त्रीमा उम्मेदवारी दिएका प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा र समर्थकमा माओवादीकै नेता कष्णबहादुर महरासहित बाँकी १३ दलका नेता तथा सचेतकहरुले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डका पक्षमा खुलेका दल र सांसद संख्याः
१) नेपाली कांग्रेस – २०७
२) नेकपा माओवादी केन्द्र – ८०
३) संघीय समाजवादी फोरम, नेपाल –१५
४) मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) –१४
५) राष्ट्रिय प्रजातन्त्र पार्टी – १२
६) तराई मधेश लोकतान्त्रिक पार्टी – ११
७) सद्भावना पार्टी – ५
८) तराई मधेश सद्भावना पार्टी – ३
९) नेकपा (संयुक्त) – ३
१०) राष्ट्रिय मधेश समाजवादी पार्टी –३
११) थरुहट तराइ पार्टी नेपाल – २
१२) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) –१
१३) समाजवादी जनता पार्टी – १
१४) नेपाली जनता दल – १
१५) खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल– १
१६) अखण्ड नेपाल पार्टी – १
१७) जनजागरण नेपाल पार्टी – १
१८) मधेशी जनअधिकार फोरम गणतान्त्रिक –१
१९) नेपाल सद्भावना पार्टी – १
२०) नेपाः राष्ट्रिय पार्टी – १
२१) दलित जनजाति पार्टी नेपाल – १
२२) स्वतन्त्र चन्द्रश्वर झा –१ प्रचण्डको पक्षमा २१ दल र स्वतन्त्र सांसद संख्या – ३६६ जना
प्रचण्डको विपक्षमा १) नेकपा एमाले – १८२
२) नेकपा माले – ५
३) नेपाल मजदुर किसान पार्टी –४
४) राष्ट्रिय जनमोर्चा –३
५) बहुजन शक्ति पार्टी – १ विपक्षमा पाँच दलका एक सय ९५ जना सांसद हालसम्म नखुलेका दल १) राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल – २५ २) नेपाल परिवार दल – २ ३) राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)–२ ४) मधेश समता पार्टी नेपाल – १ कतै नखुलेका ४ दलका ३० सांसद किन घट्यो आठ सांसद ? १) मन्त्रीपरिषद्बाट मनोनित गर्न बाँकी २ २) राष्ट्रपतिमा एमालेकी विद्यादेवी भण्डारी निर्वाचित भएपछि – १ ३) कांग्रेसका सुशील कोइरालाको निधन भएपछि – १ ४) राप्रपाका सूर्यबहादुर थापाको निधन भएपछि – १ ५) माओवादीका डा. बाबुराम भट्टराईले राजीनामा दिएपछि – १ ६) माओवादीका ल्यारक्याल लामा निलम्बनमा परेपछि –१ ७) सद्भावनाका संजय साह ‘टक्ला’ निलम्बनमा परेपछि –१ एमाओवादीकी ओनसरी घर्तीमगर सभामुखमा निर्वाचित भएपछि मतदानमा भाग नलिने परम्परा बमोजिम –१
![](https://dhadingpost.com/wp-content/uploads/2024/08/pratik-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/07/holistic.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/12/Ns-media-dhading.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2024/12/dhading-hospital.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/fine.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/advace.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/nilakantha-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/rohit.jpg)