बुधवार (पर्सि) प्रचण्ड प्रधानमन्त्री बन्ने (निर्वाचन कार्यतालिका सहित)

Avatar photo
Dhadingpost
साउन १७, २०७३

धादिङ साउन १७
prachanda
नयाँ प्रधानमन्त्री चयनका लागि पर्सी बुधबार संसदमा निर्वाचन हुने भएको छ ।सत्तासाझेदार माओवादीले समर्थन फिर्ता लिंदै कांग्रेससँग मिलेर संसदमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ९ गते राजीनामा दिएका थिए । कांग्रेस–माओवादी गठबन्धनको स्पष्ट बहुमत रहेकाले उक्त गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रधानमन्त्री हुने निश्चितप्राय: छ ।
यसैबीच संसद सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । भोलि मंगलबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ल्होत्से हलमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । दिउँसो साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने तय भएको छ ।

संसदको सोमबारको बैठकमा सभामुख ओनसरी घर्तीले बुधबार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि चुनाव हुने जानकारी दिइन् । उनले निर्वाचन कार्यक्रम सार्वजनिक संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका:
pm