जनसंख्या सबै भन्दा बढी नीलकण्ठ र कम तिप्लिङमा (कुन गाविसमा कति जनसंख्या)

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १४, २०७३

धादिङ साउन १४ । २०६८ सालको जनगणना अनुसार धादिङ जिल्लामा कुल जनसंख्या ३,३६,०६७ रहेको छ ।

जसमा सबै भन्दा धेरै जन संख्या भएको तात्कालिन नीलकण्ठ गाविस १० हजार ७ सय छयहत्तर र सबै भन्दा कम जन संख्या भएको गाविस तिप्लिङ १ हजार त्रिपन्न रहेका छन् ।

१,९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको धादिङ जिल्ला अब ११ नगर/गाउँ पालिकामा परिणत हुँदैछ ।

कुन-कुन गाविस मिलाएर नगर गाउँ पालिका बनाउने छलफल शुक्रबारबाट सुरु गरिएको छ । व्यापक छलफल र सुझावका आधारमा सिमाङ्कन निर्धारण गरिने र यसको अन्तिम टुङ्गो श्रावण मसान्त भित्र लगाई सकिने जिल्ला विकास समिति धादिङका सुचना अधिकृत भोला गौतमले धादिङपोष्टलाई बताउनु भयो ।

सुचना अधिकृत गौतमका अनुसार सिमाङ्कन सुझाव सिधै जिल्ला विकास समितिको कार्यालय धादिङको कार्यालयमा आएर वा ईमेल ddcdhading@gmail.com, मार्फत पनि सुझव दिन सकिने बताउनु भयो ।