धादिङ साउन १२ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) मा धादिङका पर्यटन व्यवसायी कमल सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सबै दल निकट पर्यटन व्यवासायीहरुको संघ संगठनले कमल सापकोटालाई अध्यक्ष बनाउने सहमति गरे पनि एमाओवादी बाट अलग्गिएर बनेको नयाँ शक्ति निकट व्यवसायीहरुले सहमति जनाएका थिएनन् तर अन्तिममा आएर उनीहरु सँग समेत सहमति जुटे पछि सापकोटा निर्विरोध हुनुभएको हो ।
यहि साउन १६ गते हुन लागेको साधारणसभाको लागि बुधवार मनोनयन दर्ता भएको छ । अध्यक्षमा कमल सापकोटा, प्रथम उपाध्यक्षमा राम घले, दृत्तिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सचिवमा जस्था पाण्डे र आशुतोष प्रधान, कोषाध्यक्षमा दिपक खनाल र गगनराज न्यौपाने, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्यालले मनोनयन दर्ता गराउनु भएको छ ।
सुरुमा नयाँ शक्ति निकट मानिएका राम घलेले अध्यक्षको उम्मेदवारी दिने बताएका थिए तर उम्मेदवारी दिने समयमा आएर घलेले प्रथम उपाध्यक्षमा उम्मेदवारी दर्ता गराई कमल सापकोटालाई अध्यक्षमा सहयोग गरेपछि भिटोफ नेपालको चुनावी माहौल फेरिएको छ । सापकोटा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी हुन् ।