चक्कु प्रहारबाट जापानमा१९ को मृत्यु

Avatar photo
Dhadingpost
साउन ११, २०७३

(एजेन्सी) साउन ११
jjj
जापानको राजधानी टोकियोमा अपांगता भएकाहरुको रेखदेखका लागि बनाइएको आवास क्षेत्रमा चक्कु प्रहारबाट १९ जनाको मृत्यु भएको छ।

चक्कु प्रहारबाट अन्य २५ जना बढी मानिस घाइते भएका छन्। घाइतेमध्ये २० जनाको स्थिति गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
समाचार एजेन्सी क्योदोका अनुसार घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले सागामिहारा शहरबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार सागामिहाराबाट पक्राउ पर्नेमा करिब २६ वर्षीय सातोशी उमाट्सु रहेका छन्।

उनी रेखदेख केन्द्रका पूर्व कर्मचारीसमेत रहेको खुलेको छ। घटनास्थल राजधानी टोकियोबाट ५० किलोमिटर दूरीमा पर्दछ। जापानमा यसअघि चक्कु प्रहारबाट सन् २००१ मा सात र २००८ मा आठ जनाको मृत्यु भएको थियो।