(भिटोफ नेपाल) मा धादिङका दुई हस्ति सापकोटा र घले भिड्दै

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ११, २०७३

धादिङ साउन ११ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) आगामी अधिवेशनमा ज्यामरुङका कमल सापकोटा र कुम्पुरका राम घले बीच प्रतिस्पर्दा हुने आकलन गरिएको छ ।

सबै दल निकट पर्यटन व्यवासायीहरुको संघ संगठनले कमल सापकोटालाई अध्यक्ष बनाउने सहमति गरे पनि एमाओवादी बाट अलग्गिएर बनेको नयाँ शक्ति निकट व्यवसायीहरुले भने सापकोटालाई अध्यक्ष बन्न सहमति नदिए पछि यी दुई बीच प्रतिस्पर्धा हुने देखिएको हो ।

आगामी १६ गते हुने चुनावका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ अन्तिम समय सम्म नयाँ शक्ति निकट व्यवसायीहरुले पनि आफुलाई सहयोग गर्ने र निर्विरोध आफु अध्यक्ष बन्ने कमल सापकोटाको दावी रहेको छ ।
उता नयाँ शक्ति निकट मानिएका व्यवसायीहरुको नेतृत्व गर्दै धादिङ कुम्पुर निवासी राम घलेले आफै अध्यक्षको उम्मेदवार रहेको विभिन्न संचार माध्यमलाई बताएका छन् । तर उनले आफुहरु सहमतिको विरोधी नभएको र सहमति कै आधारमा भिटोफ चलाउनु पर्ने बताउँदै आएका छन् ।

भिटोफ निकट एक व्यवसायीका अनुसार नयाँ शक्ति चुनावी प्रतिपर्धामा जाँदैन पदाधिकारी र सदस्यकोलागि बार्गेनिङ गरेका हुन् । मतदाननै भएपनि अहिले देखिएको अनुहार सहित ४० भोटको हाराहारी मात्र नयाँ शक्ति निकट व्यवसायीहरु रहेको समेत ति व्यवसायीले पुष्टि गरे ।

कमल सापकोटा
धादिङ ज्यामरुङमा जन्मिएको गरिव परिवारका कमल साप्कोटा अहिले ठमेलका स्थापित र आकर्षित व्यवसायी बनेका छन् । उनको विगत र बर्तमान जीवनी सफल श्रम सँग जोडेर हर्ने गरिन्छ । अहिले भिटोफ–नेपालको महासचिव समेत रहेका सापकोटा अध्यक्षको दावी गर्न योग्याता पुगेका व्यक्तिका रुपमा पनि हेरिन्छ ।

नयाँ नेतृत्वमा अध्यक्षको दावेदार बनेका सापकोटाप्रति पर्यटन व्यवसायीहरुको भरोसा छ । उनीमाथि अधिकांश मतदाताले भरोसा र आस्था राखेका छन् । किनकि, उनीले हालसम्म करिब एक दर्जन संघसस्थामा रहेर सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । व्यवसायमा उनी परिपक्क छन् । उनीमाथि यस पटकको निर्वाचनमा मतदाताले गरेको विश्वास र भरोसालाई आत्मासाथ गर्दै उनी अध्यक्षको उम्मेदवार बनेका हुन् । तर, उनको सो उत्साह र मनोवलको अन्तिम परिणाम कस्तो आउला भन्ने कुरामा आम मतदाता ढुक्क भने छैनन् ।

सापकोटाले समयसापेक्ष नयाँशैली एवं नयाँ एजेण्डामा भिटोफ नेपाल चल्न नसकेको भन्दै एकाइशौँ शताव्दीका नयाँ एजेण्डा कार्यान्वयन हुनुपर्ने र ति नयाँ एजेण्डा आफूसँग भएको दावि गर्नुभयो र्। ै उहाँले भिटोफ नेपालको अधिकार, सिमाक्षेत्र र कार्यसम्पादनमा पनि पर्याप्त पहल नभएकाले अबका दिनमा आफूले नयाँ एजेण्डालाई राष्ट्रव्यापी विस्तार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ नेपालको पर्यटन त गाउँगाउँमा छ, कुनाकुनामा छ । अहिलेसम्म हामी पुग्न सकेका छैनौँ अबका दिनमा अबश्य पुग्नुपर्छ । त्यसका लागि म पहल गर्छु । ’ त्यस्तै, उहाँले पर्यटन भनेको गाउँका मानिसहरुले पनि बुझ्न, महशुष गर्न र उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ एजेण्डा, नयाँ विचार, नयाँ शैली, नयाँ सोच र जाँगरका साथ लागि परे पर्यटन प्रबद्र्धनात्मक कार्यक्रमहरु राष्ट्रव्यापी आक्रमक रुपमा विस्तार गर्न सकिने बताउनुभयो । त्यस्तै, आफ्नो व्यवसायपनि त्यही प्रकृतिको भएकाले आफूले भिटोफ नेपाल र यसको कार्यसम्पादनलाई राम्ररी बुझेको दाबी गर्नुभयो । नयाँ अध्यक्षमा दाबी गरेका अर्का उम्मेदवारका आकांक्षी धु्रब सिंखडाले आफूलाई समर्थन गर्ने विश्वास लिएको सापकोटाले जानकारी दिनुभयो ।

राम घलेको एजेण्डा
धादिङ कुम्पुरका राम घले लिवर्टी होलिडेस् र घले ट्रेक्सका निर्देशक हुन् उनी सफल व्यवसायी मध्य पर्दछन् । उनीले एक अनलाईलाई अन्तरवार्ता दिर्दै आफुले भिटोफमा उम्मेदवारी दिन चाहानुका कारणहरु बताएका छन् ।

कारणहरुः भिटोफका सदस्यहरुलाई पर्यटन प्रवर्द्धन प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्दछ भन्ने मान्यता राख्दछु ।
अहिलेसम्म प्रवद्र्धन गरिएको प्रोडक्टहरुको जुन क्षेत्र हो, त्यो प्रोडक्टको सोही एरियाको व्यक्तिलाई प्रोडक्ट म्यानेजर बनाई त्यो प्रोडक्टको निरीक्षण अवलोकन गर्ने गरी भिटोफले कार्यक्रम ल्याउनुपर्दछ भन्ने मेरो बुझाई हो ।

यसरी हामीले विभिन्न जिल्ला तथा देशभरी गाउँ पर्यटन सम्भाव्यता भएकोले ती स्थानहरुलाई नयाँ प्रोडक्टको रुप दिन सक्छौं ।

यसको लागि हामीले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय तथा विभिन्न पर्यटन सम्बद्ध संघसंस्थासँग अझ धेरै सहकार्य गरी अगाडि बढ्न सक्छौं ।

यसैगरी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने राष्ट्रव्यापी अभियान चलाई हरेक गाउँ सरसफाई र पर्यटकहरु आउँदा कसरी सेवा दिने भन्ने प्रयोग गरेर सेवामुलक व्यावसायलाई प्रोत्साहन गर्न सक्छौं । यसैगरी अहिले ५० लाख भन्दा धेरै युवाहरु विदेशिएको अवस्था छ र गाउँ पर्यटन प्रवर्द्धन गरेर धेरै मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन अन्तर्रा्ष्ट्रिय बजारमा गाउँ पर्यटनको प्रोडक्टहरु बजारीकरण गर्न सकिन्छ ।

यो अवस्थामा गाउँमा रहेका युवाहरु पनि स्वरोजगार हुने र विदेशिन नपर्ने हुनसक्छ । मेरो टिमसँग यस्ता धेरै योजनाहरु छन्, जुन हामी नेतृत्वमा पुग्न सक्यौं भने कार्यान्वयन गर्न सक्छौं ।