विप्लव माओवादीको बन्दले धादिङ सुनसान

Avatar photo
Dhadingpost
सोमवार, साउन १०, २०७३

धादिङ साउन १०
dhading
नेकपा माओवादी विप्लव समुहले आह्वान गरेको नेपाल बन्दको कारण जनजिवन प्रभावित भएको छ । माओवादीले गरेको नेपाल बन्दका कारण धादिङ सहित देशभरी नै लामो तथा छोटो दुरीका सवारी साधन, कलकारखाना,तथा शैक्षिक संस्था ठप्प रहेका रहेका छन । धादिङको भित्र भागमा भने केही सवारी साधन सन्चालनमा भएका छन् । धादिङको धादिङबेशी तथा पृथ्वीराजमार्गको चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।सधै व्यस्त रहने पृथ्वीराजमार्गमा पनि आज सवारीसाधन कमै मात्रमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सर्लाही, रौटहट, बारा, काठमाण्डौ, कास्की, बाँके, जाजरकोट लगायतका जिल्लामा रहेका लाखौ सुकुम्बासीहरु माथी भैरहेको राज्यको आतंक र ज्यादतिको विरोधमा माओवादीले आज देशव्यापी बन्दको आह्वान गरिएको माओवादीले जानकारी दिएको छ । बन्दमा पनि एम्बुलेन्स, प्रेस , शव वाहन, पर्यटक, पानी तथा दुधको गाडि भने निर्वाध रुपमा चल्न दिने माओवादीले जनाएको छ । बन्द विहान पाँच बजे देखी साँझ पाँच बजेसम्म जारी रहने छ ।