प्रधानमन्त्री ओलीद्वारा राजिनामा

Avatar photo
Dhadingpost
आइतवार, साउन ९, २०७३

धादिङ साउन ९
kp

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुभएको छ । व्यवस्थापिका संसदमा आफूमाथि परेको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै ओलीले पदबाट राजिनामा गरेको घोषणा गर्नुभयो ।
उहाँले संसद आउनु अघि नै राष्ट्रपतिलाई भेटेर राजिनामा दिएको जानकारीसमेत संसदमा दिनुभयो । ‘आफूलाई समथर्न गर्ने सदस्यको बहुमत नपुग्ने मैंले अनुभव गरे’ ओलीले भन्नुभयो ‘त्यसैले मैले यहाँ (संसदमा) आउनुअघि नै राष्ट्रपतिलाई भेटेर राजिनामा बुझाई सकेको छु ।’

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएपनि अर्को सरकार नबन्दासम्म यही मन्त्रिपरिषद्ले काम गर्नेछ ।
राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको र अर्को सरकार गठन नहुँदासम्म यही सरकारले काम गर्ने जनाइएको छ ।
अविश्वासको प्रस्तावमाथि भएको छलफको आइतबार तेस्रो दिन संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको दिएको घोषणा गर्नु भएको थियो । संसदमा सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाउनुभएको थियो ।