सरकारलाई दिएको समर्थन फिर्ता

Avatar photo
Dhadingpost
शनिबार, साउन ८, २०७३

धादिङ साउन ८
Raprapa

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शम्शेरको अध्यक्षतामा बसेको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
राप्रपाले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशनसमेत दिएको छ । राप्रपाको तर्फबाट सरकारमा श्रममन्त्री दिपक बोहरा र वाणिज्यमन्त्री जयन्तबहादुर चन्द हुनुहुन्थ्यो ।
राप्रपा सरकारलाई दिएको समर्थन फिर्ता लिने तेस्रो दल हो । यसअघि माओवादी केन्द्र र निर्वाचन आयोगले खारेज गरिसकेको समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।